काठमाडौ । आफ्ना दाईलाई बढुवा गर्न सशस्त्र प्रहरी बलमा गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ दरवन्दी सृजना गरेका छन । मन्त्रिपरिषद बैठकले गृहमन्त्री अर्यालको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालको कानुन महाशाखा थप गर्दै दाजु युवराज अर्यालका लागि दरबन्दी सृजना गरेका हुन ।
कानुन कार्यान्वयन गराउने मुख्य जिम्मेवारी पाएको नेपाल प्रहरीमा करिब ८० हजार जनशक्ति छन । दैनिकजसो देशभर सयौं मुद्दा चलाउने भएकाले बकपत्रदेखि कानुनी झमेलामा नेपाल प्रहरीका कर्मचारी परिरहेकै हुन्छन ।
अति व्यस्त हुने प्रहरीको कानुन शाखाको कमान्ड एसपीले सम्हालेका छ्न भने त्यति धेरै काम नभएको सशस्त्रको कानुन शाखाको कमान्ड डीआईजीलाई सुम्पिने कुरा शंकास्पद छ ।
गुल्मीका अर्याल २०५५ सालमा नेपाल प्रहरीको असईमा भर्ना भएका थिए । २०५८ सालमा सशस्त्र प्रहरी गठन भएपछि उनले सशस्त्रको इन्स्पेक्टरमा नाम निकालेका थिए । त्यसयता उनी सशस्त्रमै छन ।
२०७२ सालयता भने उनी सशस्त्र प्रहरीको कानुन शाखामा कार्यरत छन । अहिले उनी कानुन शाखाको प्रमुख हुन । उनैलाई बढुवा गर्न यो दरवन्दी सृजना गरिएको हो । उनी गृहमन्त्री अर्यालका दाई हुन ।