प्रहरीलाई झुक्याएर एमाले अखिलको बानेश्वरमा मशाल जुलुस

    
प्रहरीलाई झुक्याएर एमाले अखिलको बानेश्वरमा मशाल जुलुस

काठमाडौ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडाैंको नयाँबानेश्वरमा प्रहरीलाई झुक्याएर मशाल जुलुस आयोजना गरेको छ ।

उसले वर्तमान अन्तरिम सरकारको विरोध गर्दै मशाल जुलुस निकालेको हो । मशाल जुलुस बालेर भाग्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थी घाइते भएको अध्यक्ष दिपक धामीले बताए ।