काठमाडौ । जेनजीको आन्दोलन पछि समाज भड्काउने अभिव्यक्ति दिदै जेनजी नेतृत्व प्रती कटाक्ष गरिरहेका नेकपा (एमाले) नेता महेश बस्नेत पक्राउ पर्ने भएका छन । गृहमन्त्रालयका स्रोतका अनुसार मन्त्री ओमप्रकाश अर्यालले बस्नेतलाई पक्राउ गर्न निर्देशन दिएका हुन ।
आफु पक्राउ पर्न सक्ने आसय सहित फेसबुक स्टाटस लेख्दै बस्नेतले कहिले सासुको पालो कहिले बुहारीले पालो भन्ने शब्द लेखेका छन । आफु निर्दोष रहेको स्टाटस मार्फत प्रष्ट गर्ने प्रयास गरेका छन । उनी एमाले भित्र बिबादास्पद छबी भएका नेता हुन ।
बस्नेत विरुद्ध शोभा पाठक नामकी महिलाले एक बर्ष अगाडी यौन दुव्र्यवहारको उजुरी समेत दिएकी थिईन, सोही उजुरीको आधारमा उनलाई पक्राउ गर्न लागिएको हो । पक्राउ पछि उनलाई पत्रकारलाई धम्की दिएको, गुण्डागर्दी, शान्ति सुरक्षा खल्बलाएको, भ्रष्टाचार तथा अनियमितता गरेको आरोपमा मुद्वा चलाउने संभावना रहेको स्रोतको दाबी छ ।