समृद्ध मानेभञ्ज्याङ निर्माण गर्ने ज्ञानेन्द्रको सड्ढल्प, आलोचनात्मक सुझाव होस तर आगोसग खेल्ने दुस्साहस नहोस

    
समृद्ध मानेभञ्ज्याङ निर्माण गर्ने ज्ञानेन्द्रको सड्ढल्प, आलोचनात्मक सुझाव होस तर आगोसग खेल्ने दुस्साहस नहोस

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका जिल्लाको राजनीति, भौगोलिक र सामारिक हिसाबले जिल्लाको प्रमुख केन्द्र हो । मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले अहिले त्यही केन्द्रको समृद्धि र विकसित मानेभञ्ज्याङ निर्माणको लागि दीर्घकालिन योजना सहितको जग बसाउन हर प्रयास गरिरहेका छन ।

भौगोलिक रूपमा जिल्लाको सुगम पालिका भएपनी खानेपानी, स्वास्थ, शिक्षा र कृषिमा पछाडी परेको मानेभञ्ज्याङले बिस्तारै आफ्नो लय समाउन थालेको छ । रुम्दाली अध्यक्षमा निर्वाचित भएसगै जनताले उनिबाट राखेको अपेक्षामध्ये खानेपानीको समस्या समाधान लगभग भईसकेको छ ।

पालिकाका ९ बटै वडाका केही ठाउँ बाहेक खानेपानीको स्थायी समाधान भइसकेको, जन्तरखानी- मानेभञ्ज्याङ खानेपानी योजनाको सुरुवात, मोलुङ्ग खोला बालेथाम लिफ्टिङ्ग, टोक्सेल डिप बोरिङ्ग सहित आफ्नो कार्यकाल भित्र खानेपानीको समाधान सतप्रतिशत गरिसक्ने रुम्दालीको लक्ष्य छ ।

छोटो समयमा स्वास्थ हरेक नागरिकको पहुँचमा पुर्याएका छन ।स्वास्थकर्मी घरघर पुगेर सुख दुख पिरमर्का सोधेका छन । दिर्घ रोगीको औषधि, उपचार निसुल्क गरिएको छ । मोतिराज आँखा केन्द्रले आँखाको सेवा सरुवात गरेर सेवा दिएको छ  ।

लिब्जु क्याम्पस स्थापना गर्दै शिक्षामा आफ्नो ध्यान केन्द्रित गरेका रुम्दालीले प्रत्येक बिध्यालयले विद्यार्थीको लागि निसुल्क खाजा खाने क्यान्टिन संचालन गर्नै पर्ने नियम राखेका छन । त्यो धेरै बिध्यालयमा लागू भएको छ भने केहिमा छिट्टै लागू हुने छ । विद्यार्थीलाई भौगोलिक कठिनाई हुने बिध्यालयमा अनिबार्य छात्राबासको ब्यबस्था, कक्षा ९ र १० का विद्यार्थीलाई प्रत्येक बिध्यालयले अनिवार्य अतिरिक्त कक्षाको ब्यबस्था जिल्लाको मानेभञ्ज्याङमा मात्र लागू छ एक शिक्षकले भने ।

स्थानीय खेलकुदको बिकास गर्न कोशी प्रदेशको सबैभन्दा ठुलो राशीको फुटबल प्रतियोगिता आयोजना गरेर खेलकुदको क्षेत्रमा लाग्ने स्थानीय युवाको हौसला बढाएको उनको उपलब्धि हुन ।

हरेक नागरिकको लागि कृषिमा सहुलियत कर्जा ब्याज अनुदान, सामुहिक कृषि खेतीमा प्रोत्साहन, सिचाइको ब्यबस्था गर्दै उत्पादित खाध्यान्न भण्डारण, बजारीकरण र जोखिम कोष ब्यबस्थापनमा पालिकाले प्रयास गरिरहेको स्रोतको दाबी छ । अध्यक्ष रुम्दालीका अनुसार पालिकाको अबको ध्यान रोजगार सृजना गर्ने कृषि र पर्यटनको दिगो बिकासमा लाग्ने रहेको छ ।

पर्यटकको आकर्षण बढाउन लिब्जु मन्दिरलाई आकर्षक बनाईएको छ । राष्ट्रिय गानका सर्जक ब्याकुल माईलाको जन्म थलो समेत रहेकाले ब्याकुल माईला पर्यटन प्रवर्द्धन केन्द्रको स्थापना गरिएको छ । हरेक प्रकारले समृद्ध उन्मुख मानेभञ्ज्याङ आज सडक बत्तिले झलमल छ । बाटो ढलान र सोलिङ्ग गरेर स्तरिय बनाईएका छन ।

मानेभञ्ज्याङ गाउँपालिका समृद्धिको बाटोमा लम्किरहदा स्थानीय जनता खुसी छन । स्थानीय जनताका अनुसार ज्ञानेन्द्रले राम्रो काम गर्दा खुट्टा तान्ने प्रवृत्तिको मानेभञ्ज्याङमा राजनीति भबिष्य अन्धकार रहेको बताए । म नेतृत्वमा आए भने आकाशका तारा झार्ने थिए भन्नेको काम हेर्दै आएको कारण यो र त्यो बाहानामा अवरोध गर्नेको समयले उचित जवाफ दिने बताए ।

खानेपानीको हाहाकार थियो । समाधान भयो । पढ्ने लेख्ने बालबालिकाको लागि बिध्यालयमा आकर्षक योजना लागू छन । स्वास्थमा औषधिको अभाव हुन्थ्यो अहिले सहज छ । केही गर्न सक्ने युबालाई कृषि अनुदान दिएको छ । यो मेरो मान्छे त्यो अर्काको भन्ने भेदभाव देखिदैन । ठुल्ला ठुल्ला बिकासका योजना संचालनमा छन । हाम्रो मानेभञ्ज्याङ साच्चिकै मानेभञ्ज्याङ बन्ने बाटोमा छ त्यो ज्ञानेन्द्र रुम्दालीबाट मात्र सम्भब रहेको त्यहाँका नागरिकको भनाई छ ।

उनले बाध्याता बस स्वतन्त्र उठेर अध्यक्षमा जितेको मन नपराउने  नेपाली काङ्ग्रेसको एउटा सानो तप्का जनप्रतिनिधिको काधमा चढेर मानेभञ्ज्याङको ऐतिहासिक राजनीति सक्ने उदेश्यमा केन्द्रित रहेको त्यहाँका जनप्रतिनिधिहरुको आरोप छ ।

मानेभञ्ज्याङका चेतनशिल नागरिकका अनुसार राजनीतिमा ज्ञानेन्द्र रुम्दाली आशाको केन्द्र, शक्तिशाली नेतृत्व दिन सक्ने आटिलो नेता, आशालाग्दो उज्यालो प्रकाश हो ।  तर संगठिन रुपमा उनको विरुद्ध धिपधिपे बत्ति जस्ता केहि  राजनीतिक नेतृत्वको भरपर्दा अध्यारोमा परि मानेेेभञ्ज्याङको ऐतिहासिक राजनीति दुर्घटनामा जान सक्ने परिस्थिति आउन सक्ने स्रोतको चिन्ता छ ।

जनताका सम्पुर्ण समस्या समाधान गर्न गाह्रो होला तर जनताको कुभलो एउटा पनि गर्ने छैन भन्दै अध्यक्ष रुम्दालीले अनाहकमा बिरोध गर्नेको डटेर सामना गर्ने बताए । उनले भने जनतालाई कुनै प्रकारको दुख नदिने, सकेसम्म घरघर पुग्ने, स्रोत साधनले भ्याएसम्म बिकास गर्ने काममा निरन्तर लाग्ने बताए ।

तर नेपाली काङ्ग्रेस पार्टीको खोल ओडेर गलत मनसाय बोकि हिड्नेसग कुनै पनि समय सम्झौता नगर्ने उनले प्रष्ट पारे । उनले भने ज्ञानेन्द्र राजनीतिमा आगोसग खेलेर आएको शक्ति हो । यदी फेरी परिआए म आगोसग खेल्न तयार छु तपाई पनि तयार हुनु होस । उनले बिकास र समृद्धिको लागि सुझाव, सल्लाह आलोचना सहन तयार रहेको तर आफ्नो इमानदारीता माथि राजनीति  खेल खेल्दा खेलमैदान ठुलो, मजबुत बनाउन राजनीति खेलाडीहरुलाई चेतावनी दिएका छन ।