प्रेमचन्द्र झा
कार्तिक ३० गते
राैतहट । मधेस प्रदेश सरकारका उधोग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाले गाैरमा पर्यटन विकास कार्यालयको एक समारोह बिच शुक्रबार उदघाटन गरेका छन । समारोहलाई सम्बोधन गर्दै मियाले प्रदेश सरकारले मधेसका पर्यटन क्षेत्रको बिकासका लागि कुनै कसर बाकी नराख्ने दाबि गरे ।
मधेस प्रदेशको दुई वटा जिल्लालाई जोडेर पर्यटन सर्किट बनाउन लागेको बताए। उदघाटन भएको कार्यालयबाट राैतहट र सर्लाही जिल्लाको पर्यटन क्षेत्रको विकास तथा प्रचारप्रसार हुने विश्वास व्यक्त मन्त्री मियाले गरेका छन ।
पर्यटन विकास कार्यालय राैतहटका पर्यटन विकास अधिकृत संजय कुमार मिश्रको अध्यक्षतामा भएको साे उदधाटन समारोहमा वन तथा वातावरण मन्त्री त्रिभुवन साह,प्रदेश सभा सदस्य ईन्दु साह, जिल्ला समन्वय समिति राैतहटका प्रमुख रामअयाेध्या राय यादव, गाैर नगर प्रमुख शम्भु साह, उधोग वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव सुशील साह, राैतहट उधाेग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवाल सहितले कार्यालय स्थापना भएकोमा शुभकामना व्यक्त गरेका छन ।