काठमाडौं । सत्ताबाट बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारमा छटपटाहट भएको छ । सत्ताबाट बाहिरिए लगत्तै आफ्ना दुई छोरीलाई भारत पठाएका प्रचण्डले अहिले फेरि धर्मगुरु रामदेबको आशीर्वाद लिन पठाएका छ्न ।
आफ्ना दुई छोरी गंगा र रेणुलाई परराष्ट मन्त्री आरजु राणा भारतबाट फर्किए लगातै पठाएका प्रचण्डले अहिले फेरि भारतीय धर्मगुरु बागेश्वर बाबा मार्फत भारतीय योगी रामदेबको शरणमा पठाएका हुन । सत्ता गुमेको छटपटाहटमा दाहाल परिवार शक्ति केन्द्र मार्फत सत्ता उल्टाउने कसरतमा लागेको विश्लेषण हुन थालेको छ ।