युबराज पहाडी
ओखलढुंगा । ओखलढुंगा जिल्ला पन्चायतका पुर्ब सभापति टंकनाथ लुइँटेलको शालिक स्थापना हुने भएको छ । हालको सुनकोशी गाउँपालिका -१ (साबिकको बलखु गाबिस) स्थित उनको पुर्खौली थलोमा यहि २९ गते शालिक अनावरण गर्ने पारिवारिक श्रोतले जनाएको छ । त्यस बेलाको गाउँ पन्चायत बलखुका (मुखिया) प्रधानपन्च हुँदै २०२६ सालमा ओखलढुंगा जिल्ला पन्चायतको सभापति रहेका लुइँटेल सोलुखुम्बु, सिन्धुली, खोटाङ र उदयपुरमा समेत प्रभाव जमाएका शक्तिशाली प्रशाशक थिए ।
स्वर्गिय लुइँटेलको जन्म १९८६ मा र २०३८ सालमा मृत्यु भएको थियो । उनका दुई श्रीमती, पाँच छारा र तीन छोरी रहेका छ्न । सामन्य परिवारका लुइँटेल सानै उमेरमा पन्चायत ब्यबस्थाका जिल्ला सभापति भएका थिए भने त्यो ब्यबस्थाका दर्बिलो खम्बा । उनले जे बोल्यो, जुन आदेश गर्यो त्यो कानुन हुन्थ्यो भन्दै पन्चायती ब्यबस्था ब्यहोरेका बुढापाकाले हक्की, निडर स्वभाबका रुपमा लुइँटेललाई स्मरण गर्ने गरेका छ्न ।
जिल्लाका कयौं बुढापाकाका अनुसार उनको शासन ब्यबस्थामा जस्ले अन्याय र अत्याचार गर्यो त्यस्ता पात्रको विरुद्धमा खरो उत्रने र अन्यायमा परेकालाई न्याय दिलाएरै छाड्ने स्वभावका थिए लुइँटेल । बुबाको मृत्यु पछि जोठो छोरा माधब लुइँटेलले समेत केही समय बलखुको प्रधानपन्च चलाउने अबसर पाए भने लगतै गाबिस अध्यक्ष बनेका थिए ।
एउटा इतिहास बनाएका आफ्ना स्व. बुबा, आमाको सम्झनामा शालिक स्थापना गर्न उनका काईलो छोरा नबराज लुइँटेल अमेरिका देखि नेपाल आएका छ्न । अमेरिकाको बसाई छोट्याएर केही महिना अगाडी नेपाल आएका लुइँटेलका अनुसार अब उनी राजनीति क्षेत्र मार्फत सामाजिक कार्यमा सक्रिय हुने छ्न ।
आफ्नो पिता पुर्खाको बिरासत जोगाउनु हाम्रो मुख्य लक्ष्य हो भन्दै उनले थपे फेरि नयाँ सङ्कल्पका साथ हामी समाजमा स्थापित हुने छौं । उनले आफुले २०३३ सालदेखी नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय रहेको, शिक्षक संघ ओखलढुंगाको उपाध्यक्ष समेत भएको, पार्टीको ८ औं महाधिवेशनबाट क्रियाशिल सदस्य लिएर पार्टी हितको लागि लामो संघर्ष गरेको बताए ।
अब राजनीति र सामाजिक कार्यमा समय बिताउने छु उनले भने आगामी स्थानीय तहको निर्बाचन मेरो लक्ष्य हुने छ । स्वर्गीय लुइँटेलका छोरा मध्ये माधब लुइँटेल, नबराज लुइँटेल र नाति राजेश लुइँटेल राजनीतिमा सक्रिय छ्न ।