काठमाडौ । आइतबार दिउँसो विभिन्न प्रदर्शन र झरीका कारण टुँडिखेल आसपासका क्षेत्रमा जामका कारण सर्बसाधारले सास्ती ब्यहोरेका छ्न । दिनभर जसो प्रदर्शन र पानी परेका कारण अत्याधिक जाम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी विश्वराज खड्काले जानकारी दिए । गएराती देखि वर्षात् कहिले पानी रोकिँदै पर्दै गरेको छ ।
बादशाह कुर्मीलाई नेपाली कांग्रेसले लुम्बिनीको मन्त्री बनाएको विरोधमा माइतीघर मण्डलमा धर्ना दिइरहेका प्रदर्शनकारीहरू खालीखुट्टा बालुवाटारतर्फ जुलुस सहित गएका कारण जाम भएको हो । यस्तै ठाउँ ठाउँमा प्रदर्शन भइरहेकोले बाटो जाम भएको हो । जामले सर्बसाधारण घर जान सकिरहेका छैन । यो समाचार तयार पार्दा समेत बोटोमा भिड र जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।