काठमाडौ । पुर्बी नेपालबाट गण्डकी प्रदेशको राजनीति कास्कीको पोखरा लगाएत आसपासका जिल्लामा कार्यक्षेत्र बनाएका जनताको सामाजिक सस्था पूर्वाञ्चल सेवा समाज कास्कीकाे 18 औं अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनबाट ओखलढुंगा सुनकोशी गाउँपालिका – 2 का बाल कुमार लुइँटेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । अध्यक्ष लुइँटेलका अनुसार प्रथम उपाध्यक्ष हरी कटेल, द्वितीय उपाध्यक्ष राज कुमार श्रेष्ठ, महासचिब मिलन दुलाल, सचिब विर बहादुर तामाङ्ग, काेषाध्क्ष रबिन खतिवडा, सदस्यहरुमा शिव पौडेल, अजय लामा, राम दुलाल, कल्पना खत्री, सदस्य गंगा राई, श्याम जी टी, मिलन घिमिरे निर्बाचित भएका हुन ।
समस्यामा परेका हरेक नागरिकको एक आपसमा सहयोग गर्ने उदेश्यले स्थापना भएको पुर्बान्चल सेवा समाज कास्की पुर्बी क्षेत्रबाट पोखरा आसपास बस्ने नागरिकको लोकप्रिय सस्था समेत हो ।