इन्द्रावती नदीमा सुख्खा पहिरोले कोशी थुनियो : सुनकोशी किनाराका बस्ती जोखिममा

    
इन्द्रावती नदीमा सुख्खा पहिरोले कोशी थुनियो : सुनकोशी किनाराका बस्ती जोखिममा

काठमाडौ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीमा सुख्खा पहिरो खसेर इन्द्रावती नदीको बहावमा अवरोध भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक सूचना प्रकाशित गरी नदी थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका नागरिकमा सावधानी अपनाउन र सुरक्षित रहन अनुरोध गरेको छ ।

प्रशासनले नदीको तटीय क्षेत्रमा रहेका पाँच पोखरी गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाका विभिन्न वडाका स्थानीयलाई सतर्क रहन अनुरोध गरेको छ ।

रामेछाप, सिन्धिली, ओखलढुंगा र उदयपुर लगायत तटीय क्षेत्रका नदि किनाराका बस्ती जोखिममा पर्ने आकलन गरिएको छ ।