काङ्ग्रेस निकट प्राध्यापक संघमा विवाद : स्थापना दिवस दुई ठाउँमा

    
काङ्ग्रेस निकट प्राध्यापक संघमा विवाद : स्थापना दिवस  दुई ठाउँमा

कांग्रेसको  निकट प्रजातन्त्रवादी प्राध्यापक संघको आन्तरिक विवादले उग्र रुप लिएको छ ।

संगठनभित्र विवाद बढ्दै गएपछि  आज परेको स्थापना दिवससमेत छुट्टाछुट्टै मनाएका छन् । आइतबार संघको १९ औं स्थापना दिवसको अवसरमा अध्यक्ष र महासचिव  दुई समूहले छुट्टाछुट्टै स्थानमा कार्यक्रम आयोजना गरेका हुन ।

२०६६ सालमा निर्वाचित जगत तिमिल्सिनालगायतले केन्द्रीय समितिको नाम दिएर शंकरदेव क्याम्पसमा र महासचिव राजेन्द्र गौतम, पूर्वअध्यक्षहरु लगायतले पद्मकन्या क्याम्पसमा कार्यक्रम आयोजना गरेका छन् ।

महासचिव गौतम पक्षहरुले अध्यक्ष तिमिल्सनाले विधान अनुसार समयमा अधिवेशन गराउन नसकेको भन्दै अवैध भएको आरोप लगाउँदै आएका छन् ।

संघको विवादले  चरम रुप लिएपनी पार्टी नेतृत्वले विवाद मिलाउन नसक्दा प्राध्यापकहरु रुष्ट बनेका छ्न ।