युबराज पहाडी । काठमाडौ
सोलुखुम्बुबाट सहकर्मी अजित राईको सहयोगमा
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले १४ घर बगाएको सुरक्षा श्रोतले बताएको छ ।
अहिले सम्म बाढीबाट एउटा विद्यालय, 2 वटा क्लिनिकसहित करिब दुई दर्जन घर पूर्ण क्षति भएको छ्न ।
यस्तै केही घर उच्च जोखिममा रहेको सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी देवी ( पाण्डे) खत्रीले बताइन् । उनले मानवीय क्षतिको विवरण नआएको प्रष्ट पारिन ।
उता मौसम बिभागले पनि एक सूचना जारी गरेर तटीय क्षेत्रका बासिन्दालाई सुरक्षीत रहन अलट गराएको छ ।विभिन्न जिल्ला र त्यहाँस्थित पालिकाहरुले पनि सूचना जारी गर्दै नदी किनारका वस्ती जोखिममा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको छ भने जोखिम क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । आज दिउँसो २ बजे बाढी आएको थियो ।
हालसम्म बाढी ओखलढुंगा र खोटाङको सिमाना पार गरि अगाडी बढिसकेको सर्बसाधारणले बताएका छन ।