प्रधानमन्त्री निबास बालुवाटारमा एमाले उपाध्यक्ष पौडेल र महासचिव पोखरेल बिच भनाभन !

    
प्रधानमन्त्री निबास बालुवाटारमा एमाले उपाध्यक्ष  पौडेल र महासचिव पोखरेल बिच भनाभन !

काठमाडौं। अर्थमन्त्री एवं नेकपा(एमाले)का उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच भनाभन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दुई नेताबीच वित्तीय समानीकरण अनुदानको विषयलाई लिएर चर्काचर्की भएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यसहित लुम्बिनी प्रदेश मन्त्रिपरिषद्का  सदस्यले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा पौडेल र पोखरेल पनि सहभागी थिए। गत वर्षको वित्तीय समानीकरणको २ अर्ब १० करोड रुपैयाँ अनुदान उपलब्ध गराउनुपर्ने मुख्यमन्त्री आचार्यको प्रस्तावमा महासचिव पोखरेलले साथ दिए। पोखरेलले आचार्यको प्रस्ताव अनुसार निकासा गर्न आग्रह गरे। तर, अर्थमन्त्री पौडेलले प्रस्ताव ठाडै अस्वीकार गरे ।

अर्थमन्त्री पौडेलले गत वर्षको रकम फ्रिज भइसकेको भन्दै रकम निकासा गर्न नसक्ने जवाफ दिएपछि पोखरेलले किन नमिल्ने भन्दै प्रश्न गरे।

अर्थमन्त्री पौडेल र महासचिव पोखरेलबीच पैसा निकासाका विषयमा चर्काचर्की नै पर्‍यो,’ बैठकमा सहभागी प्रदेशका एक मन्त्रीले  भने, ‘दुबैबीच भनाभनकै अवस्था आएपछि प्रधानमन्त्रीज्यूले हस्तक्षेप गर्नुपर्ने अवस्था आयो।’

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले घाँटी हेरेर हाड निल्नुपर्ने भन्दै भनाभनलाई विषयान्तर गरे ।

बैठकमा सहभागी नेताका  अनुसार पौडेल र पोखरेलका बिच अहिले सम्मकै ठूलो लफडा भएको बैठकमा सहभागीले बताएका थिए ।