काठमाडौ । नेपाली कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतले फैसला गरेपछि काङ्ग्रेस पार्टीका नेता आगामी १५ औं महाधिवेशनको तयारीमा जुटेको छन । आग्रह वा पुर्बाग्रह त्यागेर आफ्नो नेतृत्व पुन स्थापित गर्ने वा राजनीतिबाट बिलय हुने एकमात्र अबसर हरेक तहका नेताको लागि १५ औं महाधिवेशनसम्म खुल्ला रहेको हो ।
पार्टी नेतृत्वले आगामी १५ औं महाधिवेशनलाई एकताको अधिबेशन बनाउन सड्ढल्प गरे पार्टी फेरि उठ्ने कार्यकर्ताको आशा छ । हरेक जिल्ला जस्तै ओखलढुंगामा काङ्ग्रेस पार्टीलाई एक बनाएर लैजान सक्ने सामर्थ्य जिल्ला नेतृत्वको सिमित घेराभित्र सिमित छ । पार्टी भित्रका गतिविधि कुन स्तर सम्म पुर्याउने जिल्लाका हाईकमाण्ड बाला अधिकारी, रामहरि खतिवडा, प्रदीप सुनुवार, तेजेन्द्र खनाल, नबराज केसी, कमल तामाङ, कुमार लुइँटेल, खिलानाथ दाहाल, बालकृष्ण दाहाल, गोमा केसीको काधमा आएको छ ।
पार्टीलाई ब्यक्तिवादी अहमता भन्दा सामुहिक पद्धतिमा रुपान्तरण गर्न कार्यकर्ताले जोड दिएका छन । सामुहिक पद्धतिलाई केन्द्रमा राखेर समाजबाद उन्मुख बिपीको सैद्धान्तिक मार्ग पछ्याउन सके संघ, प्रदेश र स्थानीय तहमा पहिलो र दोस्रो पुस्ताका नेताको सुखद सत्तारोहण सुनिश्चित हुने छ ।
दोस्रो पुस्ताका रुद्र अधिकारी, अजय लुइँटेल, हरि दाहाल, अशोक कार्की, बेद बहादुर रोक्का, बुद्व लामा, नवीन राई, ज्ञानेन्द्र रुम्दाली, गोबिन्द पौडेल, लिला दाहाल, सबिता राई, राजन सुवेदी, सुवास गुरुङ, भोज कुमार श्रेष्ठ, उज्वन बुढाथोकी, भुपेन्द्र बस्नेत, भुवन भट्टराई, कुल बहादुर श्रेष्ठ, बिष्णु पुलामी, धन बहादुर गिरी, प्रकाश दाहाल, गङगा कार्की, प्रदीप बानियाँ, भिम कुमार गौतम, इन्द्र केसी, खिम तामाङ, बिष्णु आले, आश्रचन राई, लालकुमारी धमला, सुनिता अधिकारी, सन्तोषबाबू थापा, गोपालमान थापा, बद्री कार्की, माया राई, ऋषि चौलागाईंले छिट्टै अवसर पाउने छन ।
जिल्लामा तेस्रो पुस्ताका कृष्ण खनाल, खिला लुइँटेल, टेकबहादुर खड्का, लिल तामाङ, सोम तामाङ, गुणराज भट्टराई, राम सुनुवार, अनुप सुनुवार, प्रकाश सापकोटा, प्रबिण राई, प्रदीप गुरुङ, जनक कार्की, शृजना सुनुवार, बिकास वाग्ले, मोहन कार्की, बिन्दा बोगटी, सुभाष तामाङ, जनक कार्की, रोशन महतरा, सुजन पौडेल, अनुपम सापकोटा, पेशल पराजुली, हुकुम राई, बिष्णु तामाङले खबरदारीको आवाज तीखो बनाउन सके पार्टी एकता मजबुत हुने छ स्रोतले भन्यो ।