गगन थापाले राजीनामा गर्नैपर्ने कार्यकर्ताको बटमलाईन

    
गगन थापाले राजीनामा गर्नैपर्ने कार्यकर्ताको बटमलाईन

काठमाडौ । नेपाली काङ्ग्रेस विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा पार्टीको सर्वनाश हारपछि नैतिकताको आधारमा उनको राजीनामा माग्नेको संख्या बढिरहेको छ ।

संचारमाध्यम र सामाजिक सञ्जालभरि उनको राजीनामा माग्ने काम जारी छ तर सभापति थापा नैतिकता बिर्सिएर बसिरहेका छन । विशेष महाधिवेशन नभए पार्टी सर्बनास हुन्छ भन्नेहरुले नेतृत्व गर्दा नै पार्टीले यो हबिगत ब्यहोरेको भन्दै नियमित महाधिवेशन पक्षधरले गगनको राजीनामा मागेका छन ।

‘चुनाव आयो, हामीले लड्यौं तर चुनाव हार्न पर्यो त्यसैले अबको निकास भनेको सभापतिको राजीनामा र  नियमित महाधिवेशन नै हो एक नेताले भने । आम कार्यकर्ताका अनुसार सभापतिले अहिले राजीनामा दिने, फेरि कार्यकर्ताको मन जित्ने नियमित महाधिवेशनबाट सभापतिमा पुन आउनु पर्छ ।