ओखलढुंगाका उम्मेदवार लुइँटेल जिताउन एकजुट हुने पुर्बी नेपाल बस्ने काङ्ग्रेस मतदाताको निष्कर्ष

    
ओखलढुंगाका उम्मेदवार लुइँटेल जिताउन एकजुट हुने पुर्बी नेपाल बस्ने काङ्ग्रेस मतदाताको निष्कर्ष

बिराटनगर । नेपाली काङ्ग्रेस ओखलढुंगाले कोशी प्रदेशको राजधानी बिराटनगरमा चुनावी भेटघाट सम्पन्न गरेको छ । प्रतिनिधिसभाका उम्मेदवार कुमार लुइँटेलको उपस्थितिमा बिकास र समृद्ध जिल्ला निर्माण गर्न काङ्ग्रेसका उम्मेदवारले जित्नु अपरिहार्य रहेको निष्कर्ष निकालेको हो ।

जिल्लाका प्रभावशाली शिर्ष नेता रामहरि खतिवडा, कोशी प्रदेशका भौतिक पुर्वाधार मन्त्री प्रदीप सुनुवार पार्टी सभापति तेजेन्द्र खनाल, नबराज केसी, कमल तामाङ, समानुपातिक उम्मेदवार खिलानाथ दाहाल, गोमा केसी लगायतको उपस्थितिमा मतदातासग छलफल भएको थियो ।

ओखलढुंगाबाट पुर्ब नेपालमा बसोबास गर्ने आम मतदाताले पार्टीलाई जस्तोसुकै सहयोगको लागि तयार रहेको बताएका छन । ठुलो सङ्ख्यामा उपस्थित सर्बसाधारणले पार्टी एकता आजको आवस्यकता रहेको समेत बताएका छन । पार्टी नेताहरूले पार्टी जिताउन एक भएर निर्वाचनमा होमिने प्रष्ट पारेका छन ।