काठमाडौ । नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रतिनिधिसभाको उम्मेदवार अम्बिरबाबु गुरुङले एमालेको सिङ्गो पार्टी आफुसगै रहेको खुलासा गरेका छन ।
आज काठमाडौमा कम्युनिस्ट पार्टीका कार्यकर्ताको भेलामा गुरुङले ओखलढुंगाको सिंगो जिल्ला कमिटी नै नेकपामा समाहित गराउने घोषणा गरेका छन् । पार्टीले अस्मिता थापालाई टिकट दिएपछि बिद्रोह गरेका उनले केहि दिनमा जिल्ला कमिटीका सम्पूर्ण सदस्यलाई सामूहिक रूपमा नेकपामा प्रवेश गराउने घेषणा गरेका हुन ।
यो सनसनीपुर्ण घोषणा पछि एमालेमा हल्लाखल्ला मच्चिएको छ । पार्टी अध्यक्ष केपी ओलीपक्षले एकलौटी गरेको भन्दै इश्वर पोखरेल समुह बिद्रोहको अन्तिम कसरतमा पुगेको स्रोतको दाबी छ ।
केही दिन अगाडी ओखलढुंगाका जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का उपाध्यक्ष कमल न्यौपाने सचीव अशोक थापा लगायतको सिङ्गो नेतृत्वले बिज्ञप्ति मार्फत पार्टीको चुनावी अभियान बहिस्कार गरेका थिए ।
जिल्लाको पार्टी नेतृत्व बिद्रोहको अन्तिम तयारीमा पुग्दा पार्टीको अबस्थाबारे चिन्ता बढेको स्रोतको भनाइ छ । सम्भबत भोलि बिद्रोहको अन्तिम रुप आउने अनुमान गरिएको छ ।