नेपाली काङ्ग्रेस ओखलढुंगामा पार्टी कार्यकर्ता भित्र बिगत केही समयदेखि जारी असन्तुष्टि मत्थर हुनुभन्दा झन बढिरहेको तर्फ आम कार्यकर्ता निरास भएका छन । प्रतिनिधिसभा सदस्यका उम्मेदवार कुमार लुइँटेलले उम्मेदवारी दर्ता गरिसक्दा समेत कार्यकर्ता बिच एकता कायम हुन नसकेको हो ।
यो बेला हरेक नेता, कार्यकर्ता र पार्टीका समर्थक एकताबद्व हुने होला हो तर किन त्यस्तो हौसला देख्न सकिएन एक कार्यकर्ताको गुनासो छ ।
हरेक पार्टीका लागि एकाएक टिकट लिएर अम्बिर गुरुङ ओखलढुंगा आएपछि निर्वाचनको प्रतिस्पर्धा कठिन हुने अनुमान गरिरहदा काङ्ग्रेस भित्रको असन्तुष्टिले राम्रो सन्देश नगएको कार्यकर्ताको दुखेको छ । पार्टी भित्र एउटाले पाएको टिकट खोसेर अर्कोले ल्याएको संचारजगतले समेत लेखिरहदा त्यसले दिने परिणाम सकारात्मक हुन्छ वा हुन्न भन्ने तर्फ समिक्षा गर्न आवश्यक देखिन्छ ।
पार्टीका भ्रातृ संगठन, शुभेच्छुक सस्था, जिम्मेवार युवा नेता, आम कार्यकर्ता बिचमा एकताबद्व रहेको सन्देश दिने तर्फ बेलैमा ध्यान नजाने हो भने पक्कै पनि परिणाम राम्रो स्रोतले भन्यो । त्यसैले आन्तरिक एकताको लागि ध्यान दिन कार्यकर्ताले आग्रह गरेका छन ।