काठमाडौ । नेपाली काङ्ग्रेस पार्टीका महामन्त्रीद्वयको आह्वानमा भएको विशेष महाधिवेशनले बहुमत प्रतिनिधिको उपस्थितिमा चयन गरेको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको छ।
काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । यो कार्यसमितिलाई शुक्रबार आयोगले आधिकारिकता दिएपछि पुरानो दल कांग्रेसमा लामो समयदेखि बुढापाकाले नेतृत्व गर्ने क्रम पनि भंग भएको छ ।
निर्वाचन आयोगले कांग्रेसको विधानमा रहेका प्रावधानलाई मुख्य आधार बनाएर शुक्रबार आधिकारिकतासम्बन्धी निर्णय गरेको हो । आयोगले दलको विधानअनुसार महाधिवेशन सर्वोच्च निकाय भएकाले त्यसले गरेको निर्णयलाई विधिसम्मत मानेको छ ।
काङ्ग्रेसको बैधानिकता नै गगन थापा नेतृत्वले पाएपछि अब सम्पुर्ण काङ्ग्रेस यहि नेतृत्वमा एक ढिक्का हुनुपर्छ, समयको माग पनि त्यही हो । हिजो सम्म दुई समुहमा बाढिएका नेता कार्यकर्ता एउटै बिचार समुहमा हिडे सबैको जित हुने छ ।