काठमाडौ । नेपाली काङ्ग्रेसको जारी विशेष महाधिवेशनलाई पार्टीले स्वामित्व लिने, सभापति शेरबहादुर देउवाले उम्मेदवारका लागि हस्ताक्षर गर्ने अधिकार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रदान गर्ने, नियमित महाधिवशेनको सुनिश्चिता बारे अन्तिम रुप दिन बार्ता सुरु भएको छ ।
गगन- बिश्व समुहसग देउवा- कोइरालापक्ष बार्तामा बसेका हुन । यो बार्तालाई बिश्व जगत, सारा नेपाली, नेपाली काङ्ग्रेस विशेष वा नियमित महाधिवेशन प्रतिनिधिले नजिकबाट नियालिरहेका छन । दुबै पक्षको तयारी यो बार्ता अन्तिम हुनुपर्छ भन्ने रहेकाले सुखद समाचार आउने पार्टी स्रोतले बताएको छ ।