सासू र नन्दद्वारा पेट्रोल छर्केर जिउँदै आगो लगाउदा सिन्धुलीमा बुहारीको मृत्यु

    
सासू र नन्दद्वारा पेट्रोल छर्केर जिउँदै आगो लगाउदा सिन्धुलीमा बुहारीको मृत्यु

काठमाडौ । सुन्धुलीको कमलामाई नगरपालिका-४ धुराफाँटमा गत आइबार दिउँसो घरमै जलेर मृत्यु भएकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको हत्या भएको रहस्य खुलेको छ । मृतककी सासू र नन्दलाई पक्राउ गरि अनुसन्धान गर्दा आफुहरुले पेट्रोल छर्केर आगो लगाएको स्वीकार गरेका हुन ।

आइतबार दिउँसो करिब साढे ४ बजे भान्सा कोठामा बम्जनलाई उनकै सासु ५९ वर्षकी मायारानी बम्जन र नन्द ३५ वर्षकी मीना लामा (बम्जन)ले सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुबेदीका अनुसार उनिहरु विरुद्ध कर्तव्य ज्यान समन्धी मुद्वा दायर गरिएको छ । सिन्धिलीमा क्रियाशिल राजनीति दलले घटनाको निन्दा गर्दै दोशीलाई कारबाहीको माग गरेका छन ।