विपद् व्यवस्थापन समाज ओखलढुंगाको साधारण सभा सम्पन्न, अध्यक्षमा बराल निर्बिरोध निर्वाचित

    
विपद् व्यवस्थापन समाज ओखलढुंगाको साधारण सभा सम्पन्न, अध्यक्षमा बराल निर्बिरोध निर्वाचित

काठमाडौँ ।  पोकली झरना सेवा समाजका संस्थापक गुरु केदार बराल ओखलढुंगा विपद् व्यवस्थापन समाजको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन । आज बसेको साधारण सभाबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन ।

निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष बाबुराम श्रेष्ठ, महासचिव सम्झना प्रेमी, सचिव इन्धिरा निरौला, कोषाध्यक्ष सङ्गीता तामाङ सदस्यहरुमा सुरेन्द्र बोगटी, कुमार लुईटेल, बाबुराम गौतम, सिताराम बानिया, कृष्ण थापा र किशोरी कार्की छन ।

आजको साधारण सभा लोककृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।  कार्यक्रममा पूर्वमन्त्री राम कार्की, समाजसेवी विष्णु ढूगेल, कुलबहादुर कार्की, दीपक कटुवाल लगायतको उपस्थिती रहेको थियो ।

सभामा अध्यक्ष बरालले आफ्नो एक वर्षे कार्यकालमा पारदर्शी र जनमुखी पद्धतिहरू र आगामी दिनमा समाजको गतिविधिलाई अझ प्रभावकारी बनाउने योजना प्रस्तुत गरेका थिए । उनले समाजले विगतमा गरेका योगदान, वर्तमान कार्य र भविष्यका योजनाबारे विस्तृत रूपमा प्रकाश पारे ।

कार्यक्रममा निबर्तमान अध्यक्ष पेसल कुमार खतिवडाले संस्थाको परिचय तथा गतिविधिहरूको बारेमा जानकारी दिएका थिए भने  माननीय बाबुराम गौतमले स्वागत मन्तव्य व्यक्त  गरेका थिए ।

सभाले जिल्लामा विपद् जोखिम न्यूनीकरण, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने निर्णय गरेको छ ।