काङ्ग्रेस ओखलढुंगाको १५ औं अधिबेशनमा सभापतिमा महाभिडन्त ! खनाल, केसी, तामाङ दौडमा लुइँटेल, अधिकारी अन्योलमा

    
काङ्ग्रेस ओखलढुंगाको १५ औं अधिबेशनमा सभापतिमा महाभिडन्त ! खनाल, केसी, तामाङ दौडमा लुइँटेल, अधिकारी अन्योलमा
  • बुद्ध लामाको वरिपरि युवा शक्ति, निर्णायक भुमिकामा लामाको उदय
  • बाला अधिकारी झन शक्तिशाली बन्दै
  • उपसभापतिमा- अजय लुइँटेल, बेद बहादुर रोक्का, हरि दाहाल, राजकुमार ढुंगाना, शान्तिराज खड्का लगायतको चर्चा 
  • सचीवमा- नवीन राई, ज्ञानेन्द्र रुम्दाली, भोजकुमार श्रेष्ठ, उज्वन बुढाथोकी, बिनोद केसी, राजन सुवेदी, भुवन भट्टराई, टेक खड्का   
  • सहसचीवमा- गोबिन्द पौडेल, कुल बहादुर श्रेष्ठ
  • क्षेत्रीय र पालिका सभापतिमा सुभाष तामाङ, ऋषि चौलागाईं, बिष्णु पुलामी, मोहन कार्की, बिष्णु आलेको चाहना
  • महाधिवेशन प्रतिनिधिमा हरेक युवाको नजर

युबराज पहाडी

काठमाडौ । नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन घोषणापछि ओखलढुंगामा अधिबेशनको माहोल तातेको छ । रामहरि खतिवडा र प्रदीप सुनुवार पार्टीको केन्द्रिय सदस्य रहेकाले जिल्लाको सम्पुर्ण बागडोर जिल्ला सभापति तेजेन्द्र खनाल, उपसभापति नबराज केसी, कमल तामाङको हातमा पुगेको छ ।

अधिबेशनले छोपेसगै बालकृष्ण दाहाल, कुमार लुइँटेल, रुद्र अधिकारी, गोमा केसी, बाला अधिकारी टिमवर्क बनाउन प्रयासरत छन । केन्द्रमा सभापतिको उम्मेदवार छिनोफानो हुदा वा नहुदा सभापति (तेजेन्द्र- नबराज-बालकृष्ण) र (कमल- बालकृष्ण) वा कुमारमध्ये दुई टिम मात्र सार्बाधिक निर्णायक हुने छन । स्रोतहरुमा बिश्वास गर्ने हो भने टिम बिना सभापतिको उम्मेदवारी पर्ने अनुमान लगभग सकिएको छ ।

तेजेन्द्र- बालकृष्ण- नबराज मिले भने ओखलढुंगाको अहिले सम्मको शक्तिशाली समुह यहि हुने छ । नबराज मिलाउन नसके तेजेन्द्र टिमको भबिष्य कता जान्छ त्यो समयले निर्धारण गर्ने छ । तर तेजेन्द्र नबराज मिल्नै पर्ने परिस्थिति रहेकाले एकले त्याग गर्नुपर्ने कार्यकर्ताको सुझाव छ । सभापति जस्ले छाडेपनि कोशी प्रदेशको पदाधिकारी पाउने लगभग पक्का छ ।

केन्द्रिय सदस्यद्वय खतिवडा र सुनुवारको समर्थन तेजेन्द्र- नबराज बाहेक अन्त हुने संभावना लगभग टरेको देखिन्छ । तेजेन्द्र- नबराज टिम हरेक युवाको रोजाईको केन्द्र बन्ने प्रायः निश्चित छ ।

कमल तामाङको प्रतिस्पर्धा थप बलियो, पेचिलो बन्ने पक्का हुने छ । हरेक प्रकारले मैदानमा उत्रने तयारीमा रहेका तामाङ असन्तुष्टि नेताको रोजाईमा पर्ने छन । उनि संचार जगतको भरमधुर उपयोग गर्ने, आफ्ना एजेन्डा प्रष्ट पार्ने जमर्कोमा छन । क्षेत्रीय प्रतिनिधि होल्ड गर्न सक्ने युबा नेता र अन्य समुह उनले कब्जा गर्ने निश्चित छ । उनी कुन तरिकाले अगाडी बढ्छन आम कार्यकर्ताले कौतुहलताका साथ हेरेका छन ।

कुमार लुइँटेलले १४ औं अधिबेशनका सहयात्रीसग आफ्नो भुमिका बारे छलफल गरेर निचोड निकाल्न प्रयास गरेपनि घटनाक्रम अर्को बाटोमा हिडेको देखिन्छ । पछिल्ला घटनाक्रम, केन्द्रिय समीकरणका केही आशा र केही निराशाका कारण त्यो उनको समुहमा जटिलता आएको देखिन्छ । यद्यपि उनले यो बीचमा थप सक्रियता देखाउने संभावना छ । पहल गर्ने उचित समय उत्तार्धमा पुगेकाले उनी भित्र दोधारपन देखिएको छ ।

रुद्र अधिकारी नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा लागेका छन भने सर्बसहमती भए आफुले त्याग गर्ने नत्र अन्तिम सम्म आफू एक्लै भएपनी उभिने ठाउँमा पुगेका छन । अधिकारी नबराज केसीको पक्षमा सकारात्मक रहेको अनुमान कार्यकर्ताले गरिरहेका छन ।

बुद्व लामा, अजय लुईटेल, बाला अधिकारी, नवीन राई, ज्ञानेन्द्र रुम्दाली,  गोबिन्द पौडेलको क्रेज लोभलाग्दो गरि बढेको छ । खिला सापकोटा, राजन सुवेदी, भोजकुमार श्रेष्ठ, उज्वन बुढाथोकी, खिलानाथ दाहाल, बालकृष्ण दाहाल, गोमा केसी, बेद बहादुर रोक्का, भुपेन्द्र बस्नेत, भुवन भट्टराई, बद्री कार्की, हरि दाहालको भुमिका रोलमेडलको हुने छ । निर्णायक शक्ति युबाको हातमा पुग्ने यो अधिबेशनले जिल्ला नेतृत्व, महाधिवेशन प्रतिनिधि, महासमितिको समेत छिनोफानो गर्ने छ ।

महाधिवेशनमा युवाको ठुलो दवदवा रहने प्राय निश्चित रहदा क क्षेत्रका युवा बिनोद केसी,  प्रदीप बानिया, सर्बधन तामाङ, ऋषि चौलागाईं, प्रबिण राई, टेक बहादुर खड्का, गङगा कार्की, रोशन महोतरा, जीवन शर्मा, सन्तोषबाबू थापा, देब कुमार दाहाल, राजकुमार ढुंगाना, प्रबिण राई, राम सुनुवार, निस्चल दाहाल, प्रदीप गुरुङले टिम बलियो बनाउन लाग्ने छन ।

जिल्ला अधिबेशनमा ख क्षेत्र निर्णायक हुने पक्का रहेको बुझ्न सकिन्छ । यश क्षेत्रका अशोक कार्की, सबिता राई, भुवन भट्टराई, कुलबहादुर श्रेष्ठ, कुमार श्रेष्ठ, खिला लुइँटेल, बिष्णु पुलामी, बद्री कार्की, धन बहादुर गिरी, बिष्णु मगर, इन्द्र केसी, कृष्ण खनाल, शान्तिराज खड्का, पुरुशोतम लुइँटेल, सोम तामाङ, खिम तामाङ, लालकुमारी धमला, बलराज तामाङ, बलबहादुर (राज) तामाङ, प्रकाश सापकोटा, बिन्दा बोगटी, हुमुक राई, सुभाष तामाङ, गुणराज भट्टराई, युबराज पहाडी, लील तामाङ, रेवती सुनुवार, अनुपम सापकोटा, चक्र राई, सुनिता अधिकारी, मोहन कार्की, देबेन्द्र पाण्डे, अर्जुन राई, बिनोद भट्टराई, पेसल पराजुली, सुजन पौडेल निर्णायक शक्ति बन्ने छन ।

वुद्ध लामा जुन समुहमा रहन्छन अधिकाङ्श युवा उनको पछि लाग्ने निश्चित छ । १५ औं अधिबेशनमा उनको तागतलाई रहस्यमयी तागतको रुपमा नेतृत्वले लेखाजोखा गरिरहेको छ । परिस्थिति अनुकुल वा प्रतिकुल जस्तो बन्दा पनी जिल्ला अधिबेशन प्रभावित बनाउने युबाको सङ्ख्या जिल्लामा ५० को हाराहारीमा छ । पुराना नेताको प्रभाव नदेखिएपनि नयाँ युवा  नेता विशेषको प्रभाव यो अधिबेशनमा प्रष्ट देखिने छ । युबाले बोल्ड नतिजा ल्याउन धेरै प्रतिनिधि होल्ड गर्ने संभावना प्रबल छ ।

अन्तिममा हाम्रो सुनकोशी सन्देश नेटवर्कले प्रत्येक नेताको सम्भाबित उम्मेदवारी, उसले अहिले सम्म गरेको योगदान, बिकास र समृद्धि, कार्यकर्ताको मनोभावना, अधिबेशनमा मात्र आफ्नो अनुहार देखाउने पात्र र प्रवृत्तिको तथ्य सहित हरेक दिन समाचार प्रकाशित गर्ने लक्ष लिएको छ । जिल्लाको अधिबेशन नसकिदा सम्म प्रत्येक ब्यक्तिले किन र केका लागि आन्तरिक अधिबेशन जित्न पर्छ, भोट प्याटन कुन वडा वा गाउँपालिकामा कुन नेताको कस्तो छ भन्ने आसयका साथ हाम्रो नेटवर्कले प्रत्येक वडामा आफ्नो उपस्थित पुर्याएको हुदा तथ्य परक जानकारी आम कार्यकर्तामा पुर्याउन   कोसिस गरिरहने छौं ।