खुट्टा तानातान गर्ने काङ्ग्रेस केन्द्रिय समिति भङ्ग गर्न उठ्यो आवाज

    
खुट्टा तानातान गर्ने काङ्ग्रेस केन्द्रिय समिति भङ्ग गर्न उठ्यो आवाज

काठमाडौ । एकमहिना देखि नेपाली कांग्रेस पार्टीको बैठक जारी रहदा पनि नेतृत्वले  आजको विषम परिस्थितिलाई निकास दिन नसकेको भन्दै कार्यकर्ताले असन्तोष व्यक्त गरेका छन । जेनजी आन्दोलनले निम्त्याएको बिषम  परिस्थितिको सम्बोधन गर्दै नेपाली कांग्रेस पार्टी लोकतन्त्रको रक्षक हो भनेर प्रमाणित गर्न असमर्थ रहदा थप अन्योल छाएको हो ।

सिङ्गो पार्टी मुठ्ठी भरका सिमित ब्यक्तिका व्यर्थ र अनर्थका स्वार्थमा रुपलिदा आजसम्म कांग्रेस पार्टी अनिर्णयको बन्दी बनेको कार्यकर्ताको आरोप छ ।  आफ्नै घरभित्रका समस्यामा खुट्टा तानातान गरेर पार्टी नेतृत्वमा रहेका कार्यबाहक सभापति पुर्ण बहादुर खडा  र महामन्त्रीद्वय गगन- बिश्व प्रकाश आफ्नो आफ्नो डम्फु बजाउन तल्लीन छन ।

दुई महिना देखि जारी केन्द्रिय बैठकले १५ औं महाधिवेशनको तालिका ल्याउन नसकेको भन्दै आम कार्यकर्ताले केन्द्रिय समिति तत्काल भङ्ग गर्न माग गरेका छन । नियमित अधिबेशनको तालिका ल्याउन नसक्ने तर जात्रा देखाउने केन्द्रिय समिति भङ्ग हुनुपर्छ जारी बैठकमा केही सदस्यले माग राखेका हुन । आम कार्यकर्ताले पनि दुई दुई महिनासम्म निर्णय गर्न नसक्ने समिति भङ्ग हुनुपर्ने बताएका छन ।