भोली जेनजी युनाइटेडले आन्दोलन गर्न पाउने ओखलढुंगा जेनजीको धारणा

    
भोली जेनजी युनाइटेडले आन्दोलन गर्न पाउने ओखलढुंगा जेनजीको धारणा

काठमाडौ । जेनजी ओखलढुंगाले आफ्नो आधिकारिक धारणा बेगर भोलि हुने आन्दोलन बहिष्कार गर्ने आसय सहित निकालेको बिज्ञप्तिको खण्डन गरेको छ । जेनजीका अगुवा चेत नारायण लम्साल र राजेश खत्रीले हस्ताक्षर गरेको संयुक्त बिज्ञप्तिमा नागरिकको बिरोध गर्ने अधिकारमा हस्तक्षेप गर्ने कार्य स्वीकार गर्न नसक्ने उल्लेख छ ।

ओखलढुंगा जिल्लामा आन्दोलन मार्फत  बेथिति विसङ्गति विरुद्ध निरन्तर  खबरदारी गरिरहेको यो समुह सक्रिय समुह समेत हो बिज्ञप्तिमा भनिएको छ । जेनजीको आन्दोलनजारी रहदा भाद्र २३ र २४ गते ओखलढुंगामा आन्दोलन उठान गर्ने समुहको पहिचान यो समुहसग रहेको जगजाहेर छ ।

आजै जेनजीको अर्को समुहले  ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जेन–जेड एकताको अभियान’ अघि बढाइरहेको जेनजी युनाइटेड अभियानले ओखलढुंगामा आयोजना गर्ने कार्यक्रम बहिस्कार गर्ने बिज्ञप्ति निकाले पछि यो समुहले आफ्नो आधिकारिक धारणा सार्बजानिक गरेको हो ।

हामी जेनजीका साथिहरुलाई थाहै नदिई उनिहरुले भ्रमपुर्ण बिज्ञप्ति निकालेको भन्दै खण्डन गरेका छन । जेनजीका आधिकारिक सूचना यहि समुह मार्फत लिन सम्पुर्ण सरोकारवाला निकाय र संचारकर्मीलाई आग्रह समेत गरेका छन । बिज्ञप्ति मार्फत जेनजी ओखलढुंगाले कुनैपनी संयोजक वा आधिकारिक समिति गठन नगरेको भन्दै आफ्नो नाममा भ्रम फैलाएकोमा दुख ब्यक्ति गरेको छ ।