पुर्बपत्नी माथि जबरजस्ती करणी र ज्यान मार्ने कसुरमा इन्स्पेक्टर गुरुङ पक्राउ

    
पुर्बपत्नी माथि जबरजस्ती करणी र ज्यान मार्ने कसुरमा इन्स्पेक्टर गुरुङ पक्राउ

काठमाडौं । पूर्वपत्नीले बलात्कार र ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि एक जना इन्स्पेक्टरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत इन्स्पेक्टर दिनेश गुरुङ छन ।

उनलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट मंगलबार बलात्कार र ज्यान मार्ने उद्योगको कसुरमा पाँच दिनको म्याद थप भएको परिसरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।

अहिले हिरासतमा रहेका इन्स्पेक्टर गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका थिए । पूर्वपत्नी सँगै रहेकी छोरीसँग भेट्न जाँदा आफूमाथि अभद्र व्यवहार भएको उनकी पत्निले उजुरीमा दाबी गरेकी छिन ।