फ्रान्सबाट शोभा गजुरेलको जीवन यात्रा स्मरण, उनकै शब्दमा

    
फ्रान्सबाट शोभा गजुरेलको जीवन यात्रा स्मरण, उनकै शब्दमा

शोभा गजुरेल
बिदेशिनु  किन भन्ने कारण त थाहा थियो । त्यो बाटो मेरा लागि धेरै अलग थियो साच्चै भन्नु पर्दा म मेरो परिवार बाहिर का मान्छे भन्दा बाहेक अरु थोरै मानिस सग मात्रै घुलमिल हुन्थे । राजनीतिमा भाग नलिए पनि राजनीति के हो मलाई  ज्ञान थियो ।

अहिले मन्त्री प्रधानमन्त्री हुने धेरै लाई भोकायर आउँदा सके सम्म मिठो मसिनो खुवाउने, थाकेर आएका बेला आराम गर्ने ठाउँ थियो मेरो घर ।  मैले  पकाएर खुवाउने पनि गर्नु पर्थ्यो घरमा । उनिहरु प्राय सबै त्यतिबेला इमान्दार थिए । पैसा थिएन कसैकोमा खान दिदा खुशी हुन्थे । प्रहरीको खोजिमा रहेका आतंककारीका बिल्ला लगायका ति सबै लाई म काका भन्ने गर्थे ।

बुवाका साथी हरु सम्मान गर्थे । तर मलाई उनिहरुले आज सम्म केही दिएका छैनन । मेरो घरलाई आतंककारी लाई राख्ने आरोप लगाइदिए । म न राजनीति गर्थे न उनिहरु को पाटिको सदस्य नै थिए । तर पनि सेना  र प्रहरीको नजरमा म आतंककारी बने मेरो गल्ती उनिहरुलाई घरमा राख्नु  रहेछ । त्यस पछीका दिन हरु कस्टकर मात्र होइन मेरो जिबन मा आधिहुरि जस्तै बन्न लागे ।

घर छोडेर हिंड्नु २ जना बच्चा तिनको भबिस्यको जिम्मेबारिको भारिले मलाई मर्न पाउने अधिकार दिदैन थियो । त्यस्को लागि घर छोड्नु पर्ने नै भयो । यती ले मात्र सकिएन यो बिल्ला मलाई यूरोप आए पछी पनि लाग्न छोडेन । म जहाँ जादा पनि माओवादीको नाम ले चिनिन्थे । राजनीति ले मानिस लाई उच्च बिचार अनी सम्मानित पद दिन्छ भन्ने सोचेर नेतालाई सहयोग गर्ने म मेरा सन्तानबाट टाढा हुन पर्यो ।

युरोप मा रहदा अन्य पार्टीमा आस्था राख्नेका आखाको तारो बने । न उनिहरु ले मेरो व्यबहार जानेका न मलाई चिनेका तर पनि म उनिहरु को सत्रु भैसकेको रहेछु । यि सबै कुराहरु मलाई थाहा हुने कुरा पनि भयन । न म माओवादी नै थिए ।  मेरो आस्था थियो जब उनिहरु को काम गरीब निमुखा, जनतालाई बाटो देखाइदिन्छ कि भन्ने थियो । जनजाति, दलित सबै लाई समान स्थान मा राख्नु पर्छ भन्ने उनिहरुले लिएको बिचारमा म पनि सहमत थिए ।

म त्यो बिचार लाई माया गर्थे त्यो नै मैले जिबन मा गरेको ठुलो अपराध बनाइदिए । सबैले म राजनीति गर्न न युरोप आएको थिए न कसैसग दुस्मनी गर्न । मेरो उदेश्य एउटै थियो मेरा दुई छोराको लागि आमा बनी उनिहरु को भबिष्यको सुन्दर सपना कोर्नु । अनी मैले  एउटा दृढ  संकल्प लिए नेपालीसग सम्पर्क बाट टाढा बन्नु ।

यही गरे मात्रै म यहाँ आएको किन किन हो त्यो लक्ष्य पुरा हुने छ । अब त्यही निर्णय मा अगाडि बढेर हिंड्नु पर्छ यही भन्यो मनले पनि, अनि सुरुभयो  मेरो जिवनको एक्लो यात्री को यात्रा । (लेखक गजुरेल हाल फ्रान्समा बस्छिन्)