काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका पूर्वसांसद ढाका कुमार श्रेष्ठ लागुऔषध मुद्दामा पक्राउ परेका छन् । कास्की प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।
श्रेष्ठले सञ्चालन गरेको पोखराको दिया फार्मेसीबाट आफुले लागूऔषधि किनेको लागुऔसध सहित पक्राउ परेका प्रकाश थापाले प्रहरीलाई बयान दिएपछी कास्की प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।
दुर्गा प्रसाईसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि उनीलाई रास्वपाले सांसदबाट हटाएको थियो । श्रेष्ठले रास्वपाको कोर टिमलाई मन्त्री बन्न रकम बुझाउनु पर्ने भन्दै रकम मागेको पुष्टि भएपछी उनलाई पार्टीले कारबाही गरेको थियो । श्रेष्ठ पोखराका पुराना औषधि ब्याबसायी पनि हुन ।