काठमाडौं- नेकपा (एमाले) का नेताहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् ।एमाले र माओवादीको वाकयुद्धकाबीच एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराई आफ्नो जम्बो टोली बोकेर प्रचण्डको निवास खुमलटारमा पुगेका हुन् ।
एमाले बाग्मती प्रदेशका ईन्चार्ज डा. भट्टराईको नेतृत्वमा पुगेका एमाले नेताहरुले नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले जारी गरेको परिपत्रको विषयमा छ्लफल गरेका हुन ।
काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहका हरेक गतिविधिको इन्काउन्ट गरिरहेको एमालेले शाह सगको दुरि बढाउदै लगेको छ । राजनीतिक बिश्लेषकहरुका अनुसार शाहका समर्थक र एमाले पार्टी बिच घमसान लामो बैचारिक संघर्ष हुने पक्का पक्की छ ।