काठमाण्डौ । अब आईन्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धिकरण विभागजस्ता निकायमा नाम ठेगाना बेगरका उजुरी गर्न नपाईने व्यवस्था लागु गर्न लागिएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरि खतिवडाको विशेष पहलमा बेनामी उजुरी दिन नपाईने व्यवस्था लागु गर्न लागिएको हो ।
सानो मनमुटावमा समेत कर्मचारी, जन प्रतिनिधि वा व्यक्ति विशेषसँग सामान्य रिसीबी साँध्न तथ्य प्रमाण बिना पनि चाङका चाङ नाम, ठेगाना बेगरका उजुरी दिएर दुःख दिने प्रबृत्ति बढेको भन्दै यस्तो व्यवस्था गर्न लागिएको स्रोतले बताएको छ ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाका अनुसार बेनामी उजुरीको सट्टा आफ्नै नाम र फोन नम्बरसहित उजुरी दिने व्यक्तिको गोपनीयता तथा सुरक्षाको ग्यारेन्टी भने राज्यले लिने छ । यो विषयमा छ्नफल जारी छ केही समयपछी एउटा निचोडमा पुग्ने गरि तयारी हुँदै छ खतिवडाले भने ।