काठमाडौ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठकले प्रदेशभित्रका स्थानीय तहमा विभिन्न नेताको जिम्मेवारी तोकेको छ । ओखलढुंगाका स्थानीय तहका इन्चार्जको जिम्मेवारी पाउने हरुमा सिद्विचरण नगरपालिकामा अमीर बाबु गुरुङ, चिशङ्खुगढीमा इच्छा कुमारी गुरुङ, मोलुङमा उमेश कार्की खिजिदेम्बामा धिरज ठटाल, मानेभञ्ज्याङमा शकुन्तला राजभण्डारी, सुनकोशीमा मोहन कुमार श्रेष्ठ, चम्पादेबीमा सुरेश थापा, लिखुमा केशबहरी ढुङ्गेल र संसदिय दलको उपप्रमुखमा शान्ता ढुङ्गेल रहेका छ्न ।
पार्टीको जिम्मेवारी पाउने नेताहरु औसत रुपमा जिल्लाका प्रभावशाली ब्यक्ती रहेका छ्न । जिम्मेवारी पाउने मध्ये जिल्लामा कहलिएका अमिर गुरुङलाई नगरपालिका इन्चार्जमा खुम्च्याएको कार्यकर्ताको गुनासो छ । पुर्ब मन्त्री र पुर्ब वडा अध्यक्षको जिम्मेवारी एकै प्रकारको भएको गुनासो व्यापक रहेको छ । गुरुङ आफुभन्दा जुनियर नेताको लाईनमा खुम्चिएका छ्न । उनी कोशी प्रदेशसभा सदस्य तथा प्रदेश मन्त्री भईसकेका नेता हुन ।
ओखलढुंगामा एमालेको संगठन मजबुत बनाउने उदेश्यले पालिकाका इन्चार्ज तोकेर थप दबाब बढाउन खोजेको एक नेताले बताए ।