काठमाडौ । नेपाली काङ्ग्रेस ओखलढुंगाका सभापति तेजेन्द्र खनालको नेतृत्वले जिल्लाका स्थानीयको उपचारमा टेवा पुर्याउने उदेश्यले हरेक बर्ष जस्तो यो बर्ष पनि काठमाडौ मेडिकल कलेजको दुवाकोटमा खुलेको नयाँ अस्पतालसग सहमति गरेको छ ।
बिगत केही बर्ष देखि काठमाडौको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज (केएमसी) अस्पतालमा हरेक नागरिकले छुट पाउने गरि सहमति गरेको काङ्ग्रेस ओखलढुंगाले यो बर्ष उक्त अस्पतालको नयाँ भवन दुवाकोटबाट सेवा लिने गरेर सहमति गरेको हो ।
यो सहमति अनुसार यो बर्षको असार सम्ममा ५० जना जिल्लाका नागरिकले निशुल्क उपचार पाउने छन भने चैत सम्ममा अरु ५० जनाले ५० प्रतिशत छुट पाउने सहमति गरेको पार्टी सभापति तेजेन्द्र खनालले बताए । सरकारले तोकेको स्वास्थ मापदण्ड अनुसार वडाको सिफारिस सहित उपचार हुने सहमति पत्रमा उल्लेख छ ।
उक्त सहमत पत्र अनुसार ओखलढुंगाका बिमारीले अस्पतालमा जुनसुकै टेष्ट गराउदा १० देखि २५ प्रतिशत छुट पाउने छन । अस्पताल संचालक डा. सुनिल शर्माको उपस्थितिमा सहमति पत्रमा अस्पतालको तर्फबाट नारायण प्रसाद दाहाल, सुधा कटेल र ओखलढुंगाको तर्फबाट पार्टी सभापति जेतेन्द्र खनाल, सह- सचीव भोजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छ्न । यो सहमति आजको मिति देखि आगामी चैत ३० सम्म मान्य हुने छ ।
ओखलढुंगाका हरेक जनतालाई सकेसम्म सेवा दिन सकौ भन्ने उदेश्यले निरन्तर काम गरिरहेको सभापति खनालले बताए । नागरिकको दुखसुखमा काङ्ग्रेसले निरन्तर काम गरिरहेको भन्दै पार्टी सह- सचीव भोज कुमार श्रेष्ठले आगामी दिनमा आईपर्ने जिल्लाबासीको समस्यासग हातेमालो गर्न पार्टी तयार रहेको प्रष्ट्याए ।