खिजिदेम्बामा लुइँटेलको हाई-हाई, गम्बु शेर्पाको इलाकाबाट काङ्ग्रेस जिताउने सन्देश

    
खिजिदेम्बामा लुइँटेलको हाई-हाई, गम्बु शेर्पाको इलाकाबाट काङ्ग्रेस जिताउने सन्देश

ओखलढुंगा । नेपाली काङ्ग्रेस ओखलढुंगाको चुनावी प्रचारको आन्तरिक अभियान खिजिदेम्बा गाउँपालिका पुगेको छ । ओखलढुंगा उम्मेदवार कुमार लुइँटेल जिताउन नेपाली काङ्ग्रेसको आन्तरिक बैठक तथा छलफल खिजिदेम्बामा सकिएको हो ।

कार्यक्रममा पार्टी केन्द्रिय सदस्य बाला अधिकारी, रामहरि खतिवडा, प्रदीप सुनुवार सभापति तेजेन्द्र खनाल, नबराज केसी, अजय लुइँटेल, राजकुमार ढुंगाना, समानुपातिक उम्मेदवार खिलानाथ दाहाल, गोमा केसी, सबिता राई, नेताहरू रुद्र अधिकारी, नवीन राई, हरि दाहाल, प्रदीप बानियाँ, भुपेन्द्र बस्नेत, राम सुनुवार  लगायतको उपस्थिति रहेको थियो ।

खिजिदेम्बाका स्थानीय आम मतदाताले काङ्ग्रेसका उम्मेदवार लुइँटेललाई जिताउने प्रण गरेका छन । यस गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले नेपाल कम्युनिस्ट पार्टीका उमेदवार अम्बिरबाबु गुरुङलाई साथ दिने बताएका कारण काङ्ग्रेस झन एकताका साथ लुइँटेल जिताउने अभियानमा लाग्ने बताएका छन ।

खिजिदेम्बा काङ्ग्रेसको उर्वर भुमी रहेकाले आफ्नो केन्द्रिय जनप्रतिनिधि जिताएर आफ्नो बिरासत जोगाउन खिजिले कुनै कसर बाकी नराख्ने सर्बसाधारणले प्रष्ट पारेका छन । गम्बु शेर्पाको कोरक्षेत्रमा लुइँटेल हाईहाई भन्दै काङ्ग्रेस जिताउन कुनै कसर बाकी नराख्ने सन्देश दिएका छन ।