रामपुर ओखलढुंगा । नेपाली काङ्ग्रेस ओखलढुंगाको चुनावी प्रचारको आन्तरिक अभियान मोलुङ गाउँपालिकामा पुगेको छ । ओखलढुंगाका उम्मेदवार कुमार लुइँटेलको पक्षमा निर्वाचन जिताउन नेपाली काङ्ग्रेसको आन्तरिक बैठक तथा छलफल मोलुङमा सम्पन्न गरेको हो ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य बाला अधिकारी, रामहरि खतिवडा, प्रदीप सुनुवार सभापति तेजेन्द्र खनाल, अजय लुइँटेल, राजकुमार ढुंगाना, समानुपातिक उम्मेदवार खिलानाथ दाहाल, गोमा केसी, सबिता राई, नेताहरू रुद्र अधिकारी, नवीन राई, हरि दाहाल, लिला दाहाल, प्रकाश दाहाल, प्रदीप बानियाँ लगायतको उपस्थिति रहेको थियो ।
मोलुङका स्थानीय आम मतदाताले काङ्ग्रेसका उम्मेदवार लुइँटेल प्रती सहानुभूति देखाउदै नरम व्यबहार देखाएका छन भने एमालेले पुस्तानतरणको नाममा हुकुमी शासन लादेको आरोप लगाएका छन ।
मोलुङका अधिकाम्श मतदाताले एमालेका उम्मेदवार अस्मिता थापा, नेता यज्ञराज सुनुवार र एमालेबाट बिद्रोह गरेर कम्युनिस्ट पार्टीबाट उम्मेदवार भएका अम्बिरबाबू गुरुङको व्यबहारले काङ्ग्रेस उम्मेदवार लुइँटेल प्रती आशावादी रहेको बताए ।