सिन्धुलीका बिबादित मेयर पोखरेलको घरमा पस्यो अख्तियार

    
सिन्धुलीका बिबादित मेयर पोखरेलको घरमा पस्यो अख्तियार

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको घरमा अख्तियारले छापा मारेको छ । अख्तियारको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले सिन्धुलीमाढीस्थित पोखरेलको घरमा गएर सोमबार छापा मारेको हो । अख्तियारको टोलीले उनीसँग सोधपुछ पनि गरेको छ ।

सिन्धुलीमाढीस्थित पुरानो सभाहल भत्काउँदा त्यहाँबाट निकालिएको सयौँ क्युफिट काठ हिनामिना गरेको उजुरी परेपछि आयोगले त्यसबारे छानबिन गरिरहेको छ । सभाहल भत्काउँदा नगर प्रहरी ब्यारेक पछाडि राखिएको काठ हिनामिना भएको बारेमा अख्तियारको टोलीले उनीसँग घरमा गएर सोधपुछ पनि गरेको हो ।