चिशङ्खुगढीमा काङ्ग्रेस उम्मेदवार लुइँटेल जिताउने सड्ढल्प

    
चिशङ्खुगढीमा काङ्ग्रेस उम्मेदवार लुइँटेल जिताउने सड्ढल्प

काठमाडौ । नेपाली काङ्ग्रेस ओखलढुंगाको चुनावी प्रचारको आन्तरिक अभियान चिशङ्खुगढी गाउँपालिकामा पुगेको छ । ओखलढुंगा उम्मेदवार कुमार लुइँटेलको पक्षमा निर्वाचन जिताउन नेपाली काङ्ग्रेसले उल्लासका साथ चिशङ्खुगढीमा रणनैतिक प्रचार बैठक सम्पन्न गरेको हो ।

स्थानीय जनताको समस्याबारे चिशङ्खुगढी गाउँपालिका कार्यसमितिले उम्मेदवारसग रिपोर्ट गरेको छ भने जनताका आवश्यक समस्या समाधान गर्ने प्रतिबद्धता लुइँटेलले व्यक्त भएको छ ।

कार्यक्रममा पार्टी सभापति तेजेन्द्र खनाल, अजय लुइँटेल, राजकुमार ढुंगाना, समानुपातिक उम्मेदवार खिलानाथ दाहाल, गोमा केसी, सबिता राई, नेताहरू रुद्र अधिकारी, नवीन राई, हरि दाहाल लगायतको उपस्थिति रहेको थियो ।

नेपाली कम्युनिस्ट पार्टी तत्कालीन (माओवादी) को आधार इलाकाको रुपमा रहेको यो पालिकामा नेपाली काङ्ग्रेसको दमदार उपस्थिति रहेको पार्टी स्रोतले बताएको छ । पार्टी उम्मेदवार लुइँटेल जिताउन कुनै कसर बाकी नराख्ने स्थानीयले सड्ढल्प गरेका छन ।