नेपाली कम्युनिस्ट पार्टीले निर्वाचनको मुखमा अर्धसैन्य संरचना ब्युँताएको छ । तत्कालीन माओवादी हालको कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले वाईसीएल नेपाल ब्युत्याउने घोषणा गरेका हुन ।
प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सबै निर्वाचन क्षेत्रमा विशेष सुरक्षा दस्ता (अर्धसैन्यबल) व्युताएर परिचालन गर्न अध्यक्ष प्रचण्डले निर्देशन दिएको वाईसीएलका अध्यक्ष पुष्प ओलीले बताए ।
वाईसीएलका अध्यक्ष ओलीका अनुसार ‘एक बुथ, सय युथ’ अवधारणा अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा सुरक्षा दस्ता परिचालन हुनेछ ।