ओखलढुंगा । नेपाली काङ्ग्रेस ओखलढुंगाले चुनावी प्रचार अभियान मानेभञ्ज्याङ गाउँपालिकाबाट सुरुवात गरेको छ । प्रतिनिधिसभाका उम्मेदवार कुमार लुइँटेलको उपस्थितिमा मानेभञ्ज्याङमा प्रचार तथा भेटघाट अभियान सम्पन्न भएको हो ।
स्थानीय जनताले कृषि, खानेपानी, शिक्षा, स्वास्थ र रोजगारका समस्या रहेको देेेखाएका छन । उम्मेदवार लुइँटेलले समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
कार्यक्रममा पार्टी सभापति तेजेन्द्र खनाल, उपसभापति नबराज केसी,समानुपातिक उम्मेदवार खिलानाथ दाहाल, गोमा केसी, सबिता राई, नेताहरू अजय लुइँटेल, ज्ञानेन्द्र रुम्दाली, नवीन राई, लिलाबल्लब दाहाल, राजकुमार ढुङगाना, उज्वन बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।