काठमाडौ । नेपाली काङ्ग्रेसको भात्री संगठन नेपाल विद्यार्थी संघले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा पार्टी उम्मेदवार जिताउन ओखलढुंगाकामा केन्द्रिय सदस्य अर्जुन कार्कीलाई जिम्मेवारी तोकेको छ ।
संघको बिधान २०२७ (२०७५) को धारा १२ (५) बमोजिम प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउनका उनलाई संयोजकको जिम्मेवारी दिएको हो ।
ओखलढुंगाका उम्मेदवार कुमार लुइँटेल जिताउन विद्यार्थी संगठनको परिचालनको जिम्मा उनले पाएका हुन । संघले ओखलढुंगा लगायत देशभरका १६५ प्रतिनिधिसभा निर्वाचनमा संयोजक तोकेको छ ।