ओखलढुंगाका लुइँटेलको पक्षमा जिल्लाभर जनलहर फैलियो, गाउँगाउँ पुग्ने काङ्ग्रेसको तयारी

    
ओखलढुंगाका लुइँटेलको पक्षमा जिल्लाभर जनलहर फैलियो, गाउँगाउँ पुग्ने काङ्ग्रेसको तयारी

काठमाडौ । नेपाली काङ्ग्रेस ओखलढुंगाका प्रतिनिधिसभाका उम्मेदवार कुमार लुइँटेलको पक्षमा जनलहर आउने पक्का देखिएको छ ।

जिल्लाको समकालीन राजनीतिमा परिक्षण हुन बाकी एक मात्र नेता लुइँटेलको इमानदार छबि, बौद्धिक र स्वाभिमानी ब्याक्तित्वको  साथमा लाग्ने आम सर्वसाधारणले बताएका कारण उनको माहोल ह्वात्तै बढेको हो ।

पार्टी भित्रको आन्तरिक एकतामा नेतृत्वले जसरी पनि पार्टी उम्मेदवार लुइँटेल जिताउने सड्ढल्प गरिसकेकाले उनी थप मजबुत बनेका छन ।

स्रोतका अनुसार पार्टी नेतृत्वको निर्देशन बमोजिम नेपाल तरुणदल, नेपाल विद्यार्थी संघ, महिला, मजदुर, किसानको ठुलो दस्ता १८ गतेबाट आफ्ना उम्मेदवार लुइँटेललाई साथमा लिएर गाउँगाउँ पस्ने र निर्वाचन जिताएर मात्र फर्कने तयारीमा छ । पार्टी भित्रको आन्तरिक एकता हेर्दा पार्टीका उम्मेदवारले जितिसकेका छन एक नेताले भने ।

जिल्ला नेतृत्वको आत्मीयता दिनानुदिन बढ्दै गएकाले आम पार्टी पङ्ति आफ्ना उम्मेदवार जिताउन हरेक क्षेत्रबाट जुरुक्क उठेको हो एक नेताले भने ।