काठमाडौ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक वृद्ध दम्पतीको विभत्स हत्या भएको छ । भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको हत्या पछि शव फेला परेको हो ।
केही समय पहिले मगर दम्पतीको हत्या भएको घाउ सेलाउन नपाउदै त्यही क्षेत्रमा अर्को हत्या भएपछि सर्बसाधारण्मा त्रास फैलिएको छ । घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसी सहितको टोली घटनास्थल पुगेको छ ।
सामान्य पसल गर्ने राई दम्पतीको पसल लुटपाट गरि हत्या गरिएको वडा अध्यक्ष बलराम कटवालले बताएका छन । प्रहरी घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था बनाएको छ ।