ओखलढुंगामा अम्बिरको पक्षमा माहोल बढ्दै, धेरै एमाले नेताको रोजाई गुरुङ रहेको पुष्टि

    
ओखलढुंगामा अम्बिरको पक्षमा माहोल बढ्दै, धेरै एमाले नेताको रोजाई गुरुङ रहेको पुष्टि

मुकुन्द कार्की
काठमाडौ । नेकपा एमाले ओखलढुंगाबाट बिद्रोह गरि नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार बनेका नेता अम्बिर गुरुङको पक्षमा चुनावी माहोल एकाएक तातेको छ ।

ओखलढुंगाका आशालाग्दा नेता गुरुङ नै हुन भन्दै एमाले हु भन्ने जिल्लाका कयौं नेता अम्बिर गुरुङको पक्षमा भित्रभित्रै लागेका छन । एमाले वा कम्युनिस्ट पार्टी जे भएपनी दुबै कम्युनिस्ट हुन भन्दै गुरुङको पक्षमा चुनावी माहोल बनाउन नेताहरू पछिल्लो समय सक्रिय भएका हुन ।

आज साझ काठमाडौमा गुरुङसग गोप्य भेटघाट गरेका एमाले नेता शम्भु अधिकारी, केदार पुडासैनी र नवराज गुरुङ लगायतको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

स्मरण रहोस अधिकारी पुष्पलाल क्याम्पस प्रमुख हुन भने पुडासैनी तहाचाल क्याम्पस सह-प्राध्यापक हुन । उनिहरु ओखलढुंगा एमालेका स्थापित नेता हुन ।