एमाले ओखलढुंगाको बिद्रोह रातभरको छलफलपछि अम्बिर गुरुङ कम्युनिस्ट पार्टीमा जाने पक्का

    
एमाले ओखलढुंगाको बिद्रोह रातभरको छलफलपछि अम्बिर गुरुङ कम्युनिस्ट पार्टीमा जाने पक्का

नेकपा एमालेले ओखलढुंगामा बिद्रोह हुने संभावना देखिएको छ । पार्टी केन्द्रले अस्मिता थापालाई प्रतिनिधिसभाको उम्मेदवार उठाएपछि प्रभावशाली नेता अम्बिर गुरुङ नेतृत्वमा बिद्रोह गरि नेपाल कम्युनिस्ट पार्टीमा समाहित हुने पार्टी स्रोतले बताएको छ ।

गए राती १२ बजे सम्म प्रचण्ड निवासमा भएको छलफलपछि गुरुङलाई प्रतिनिधिसभाको टिकट दिन पार्टी सहमत भएको बताईएको छ । आधिकारिक पुष्टिको लागि सम्पर्क गर्दा गुरुङको फोन भने उठेन । गुरुङसगै ठूलो टिमले बिद्रोह गर्न सक्ने पार्टी भित्र अनुमान गरिएको छ ।