काठमाडौ । नेकपा एमालेले ओखलढुंगामा पार्टीको केन्द्रिय सदस्य अस्मिता थापालाई प्रतिनिधिसभाको उम्मेदवार उठाएपछि पार्टी भित्र आन्तरिक द्वन्द्व वारपारको अबस्थामा पुगेको छ । जिल्ला पार्टी कमिटी अध्यक्ष ज्ञानबहादुर (जिबी) खड्काले पत्रकार सम्मेलन गरेरै प्रस्तावित उम्मेदवार थापाको विरुद्धमा उत्रने बताए ।
नेता यज्ञराज सुनुवारको प्रस्तावमा टिकट पाएकी थापा विरुद्ध जिल्ला पार्टी कमिटी संस्थागत रुपमै उत्रिएको हो । जिल्लाले गरेको सिफारिस भन्दा बाहिरको पात्र स्वीकार गर्न सकिदैन । अध्यक्ष खड्काका अनुसार बैकल्पिक उम्मेदवारको समेत तयारी हुनसक्ने बताए ।
केपी ओली र इश्वर पोखरेल समुह बिच जिल्लामा द्वन्द यो निर्वाचनले वारपार बनाउने संभावना छ । ओली पक्षका यज्ञराज सुनुवार, अस्मिता थापा, मोहन श्रेष्ठ इश्वर पोखरेलका अम्बिर गुरुङ, ज्ञान बहादुर (जिबी) खड्का बिच आन्तरिक युद्वले पार्टी दलदलमा फस्ने पक्का छ ।