काठमाडौ । नेकपा एमालेले ओखलढुंगामा पार्टीको केन्द्रिय सदस्य अस्मिता थापालाई प्रतिनिधिसभाको उम्मेदवार उठाएपछि पार्टी भित्र आन्तरिक द्वन्द्व सुरु भएको छ ।
हेबिभेट नेता यज्ञराज सुनुवार, अम्बिर गुरुङ, ज्ञान बहादुर (जिबी) खड्कालाई देखाउन कै लागि थापालाई टिकट दिदा पार्टी भित्र असन्तुष्टि बढेको हो ।
नेता यज्ञराज सुनुवारको सहमतिमा पार्टी अध्यक्ष केपी ओलीले थापालाई टिकट दिएपछि नेपाली काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सहज उम्मेदवार पाएको भन्दै चुनाव जित्ने प्रक्षेपण गरेका छन ।
पछिल्लो समय आन्तरिक द्वन्द्वमा फसेको एमाले ओखलढुंगा थापाको टिकटसगै आन्तरिक दलदलमा फसेको पार्टी स्रोतले बताएको छ । अग्रजको राजनीति ब्यबस्थापन नगरी टिकट लिदा पार्टी थप अप्ठेरोमा पुग्ने पक्का छ ।
बाहालवाला लिखु गाउँपालिका उपाध्यक्ष थापा विरुद्ध पार्टीका आम कार्यकर्ता दुई खेमामा बिभाजन भएर सामाजिक संजालभरी क्रिया प्रतिक्रिया दिईरहेका छन । केपी ओलीले हस्तक्षेप गरेको आरोप लगाउदै जिल्लाका नेताहरुले परिणाम नराम्रो हुने चेतावनी दिएका छन ।