काङ्ग्रेस केन्द्रिय सदस्य बाला अधिकारीले ओखलढुंगाको टिकटबारे छलफल गर्दै

    
काङ्ग्रेस केन्द्रिय सदस्य बाला अधिकारीले ओखलढुंगाको टिकटबारे छलफल गर्दै

एमालेले महिला नेतृ अगाडी बढाएकाले बालाको बढ्यो जिल्लामा माग

  काठमाडौ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई मान्यता दिएपछि आसन्न प्रतिनिधिसभाको निर्वाचनमा ओखलढुंगाबाट टिकट पाउने ब्यक्तीबारे छलफल जारी छ  ।

विशेष महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित ओखलढुंगाका बाला अधिकारीले आज प्रतिनिधिसभाको प्रत्येक्ष तर्फ उम्मेदवार सिफारिस भएका ओखलढुंगाका नेताहरु रामहरि खतिवडा, कुमार लुइँटेल, रुद्र अधिकारी र बालकृष्ण दाहालसग छलफल गर्ने तयारी गरेकी छिन ।

टिकटको अन्तिम छिनोफानो गर्नुपर्ने समय नजिकिए पछि चारजना नेतालाई बोलाएर छलफल गर्ने तयारी गरेको केन्द्रिय सदस्य अधिकारीले बताईन । सम्भबत आज दिउँसो सम्ममा चारै जानालाई बोलाएर छलफल गर्ने मनसाय बनाएकी छु अधिकारीले भनिन ।

नेकपा एमालेले ओखलढुंगामा महिला अनुहार अस्मिता थापालाई टिकट दिएर पठाएपछि काङ्ग्रेस भित्रपनि महिला नेतृ बाला अधिकारीलाई टिकट दिनुपर्छ भन्ने आवाज उठ्न थाकेको छ । यद्यपि यसबारे आज बस्ने उम्मेदवारका आकाङ्क्षीको बैठकले यश बारे निर्णय लिने छ ।

नयाँ अनुहारका बाला अधिकारी, कुमार लुइँटेल, रुद्र अधिकारीले समेत रामहरि खतिवडाको राय बुझ्ने सङ्केत गरेका हुन ।  एमालेले महिला अगाडी सारेकाले बालाको नाम सार्वाधिक चर्चामा आएको हो ।

यश अगाडी बाटै कुमार  लुइँटेल र रुद्र अधिकारीले टिकटमा लबिङ गरिरहेका छन । टिकटको छिनोफानो बाला अधिकारीले छलफल गरेर आउने निचोडबाट हुने छ स्रोतले भन्यो ।