काठमाडौ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले वैधता दिएसँगै पूर्वसभापति शेरबहादुर देउवा पक्षभित्र मूल कांग्रेसमै फर्कने नेताको सङ्ख्या बढेको छ ।
केही नेताले निर्वाचनमा भाग लिने र केही नेता चै भाग नलिई अहिलेलाई निष्क्रिय बस्ने भन्नेबारे दुई थरी धारणा प्रकट भएका छन ।
नेता शेेेखर कोइराला केन्द्रीय सदस्यहरू सुजाता कोइराला, रामहरि खतिवडा, चन्द्र भण्डारी, सुनील शर्मा, दिनेश कोइराला लगायतले भने रुख जता आफू त्यतै भनेर अगाडी बढेका छन ।
त्यसैले आफू पक्षमा खुलेका युबा नेतालाई निर्वाचनको टिकटमा समाबेश गर्न पार्टी सभापति गगन थापा पक्ष सकारात्मक बनेको छ स्रोतले भन्यो । नेताहरू देउवा समुह छाडेर आउनेक्रम जारी रहेकाले टिकट बितरणको काम केही ढिला भएको बताइएको छ ।