सर्बोच्चको स्टे अर्डर आउनेमा देउवापक्ष ढुक्क, अदालतको अन्तिम साहारा

    
सर्बोच्चको स्टे अर्डर आउनेमा देउवापक्ष ढुक्क, अदालतको अन्तिम साहारा

काठमाडौ । नेपाली कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध संस्थापन शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ । आज केन्द्रिय समितिको बैठक बसेर आधिकारिक निर्णय  गरि सर्बोच्च जाने निर्णय गरेको हो ।

देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगको निर्णय अन्यायपूर्ण रहेको भन्दै सर्वोच्च अदालतबाट स्टे अर्डर (अन्तरिम आदेश) आउनेमा आफूहरू ढुक्क रहेको बताएका छन । देउवा पक्ष अन्तरिम आदेशको आशमा बसेका हुन ।

गगन थापाले पार्टीमा मेलमेलापको आह्वान गर्दा समेत देशभरका कार्यकर्ता अदालतको निर्णयमा बसेको बताएका छन । अधिकाम्श नेता कार्यकर्ता अदालतले अन्याय नगर्नेमा ढुक्क छन भने गगनको नेतृत्व अस्वीकार गर्ने मानसिक्ता छन ।

देउवा पक्षका आम नेता कार्यकर्ताको मनोभावना आधिकारिक नपाए अर्को पार्टी गठन गरेर जाने तर झुक्न तयार देखिदैनन ।