काठमाडौँ । सुशीला कार्कीको सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ ।
देशमा बेथिति, भ्रष्टाचारको संरक्षण गरेका, जेनजी पुस्ताको आन्दोलन दमनमा संलग्न रहेकाहरुको अनुसन्धान गर्नुपर्ने देखिएको कारण पासपोर्ट रोक्का गर्ने सरकारले तयारी गरेको हो ।
ओली मन्त्रीपरिषदका आर्जु देउवा, पृथ्वी सुब्बा गुरुङ, रमेश लेखक, दीपक खड्कालगायत काङ्ग्रेस, एमाले र माओवादी नेताहरुको सम्भाबित लिष्ट तयार पारेर पासपोर्ट रोक्का गर्ने सरकारले तयारी गरेको स्रोतको दाबी छ ।