फ्रान्सबाट शोभा गजुरेलको जीवन यात्रा स्मरण, भाग- ४ उनकै शब्दमा

    
फ्रान्सबाट शोभा गजुरेलको जीवन यात्रा स्मरण, भाग- ४ उनकै शब्दमा

बच्चा देखिनै बिद्रोही स्वभाब थियो मेरो तर बच्चा बन्ने सौभाग्य धेरै समय पाइएन । सयुक्त परिवार मा जन्मिए तर त्यो परिवार छिट्टै अलग भयो । झगडा ले होइन बाध्यताले काका, फूपुहरु सबैको विवाह भयो ।

फुपुहरुको आफ्नो आफ्नो घर बेग्लै बन्यो उहाहरुको लागि म बस्ने घर अब माइती, कहिले काही मात्रै आउनु पर्ने घर बन्यो । काका पनि आफ्नो जागिर तिर लाग्नु भयो होला शायद त्यती धेरै याद भएन पनि हजुरआमा को भनाइ पैचो लिदा त्यही भन्नु हुन्थ्यो । उहाका अनुसार  बुवाको त कुरै भएन उहा त झन घरमा कहिले काही मात्र आउने पाहुना जस्तै हुनुहुन्थ्यो रे, राजनीतिको उहामा देखिएको विश्वासले मलाई उहाबाट टाढा बनाइदियो ।

मलाई याद छैन म बुवाको काखमा निदाउन पाएको न याद छ उहाको हात समाइ हिंडेको तर गर्व भने गर्छु म उहाकि छोरी हुनुमा उहाका बिचार ठुला थिए । म जस्ता लाखौं छोरीका लागि लड्नु भएको मेरो बुवा लाई मैले यक्लौटी बनाउन पाइन घरमा आमा मात्रै हुनुभयो । हाम्रो हजुरबुवाले तराइ तिर पनि जग्गा लिनु भएकोले हजुरबुवा हजुरआमा तराइ बस्न थाल्नु भयो । हजुरबुवा कहिले हामी सग त कहिले तराइ तिर  बस्नु हुन्थ्यो ।

सबै को आँखाको नानी मेरो हजुरबुवा आफ्नो दाजुभाइहरु ५ जना मा जेठो हुनुहुन्थ्यो उहा भन्दा जेठो एउटा हजुर बुवालाई चाहि मैले देखिन ।  जम्मा 6 भाई हुनुह्न्थ्यो रे तर मैले ५ जना मात्र देख्न पाए । उहाहरु ३ जेठाका छोरा र ३ कान्छा का छोराहरूमा हजुरबुवाका बुवाका ३ भाई र उहाका काकाका २ भाई मात्र मैले देखे । उहाहरु बिचमा यती धेरै एकता थियो कि मलाई थाहा नै थिएन ।  काका को छोरा कुन र हाम्रो हजुरबुवाको बुवाका छोरा कुन भन्ने जे गर्दा पनि सबै एकै ठाउमा हुनुहुन्थ्यो मैले माया पनि सबै बाट उस्तै पाउथे तर म भने सबै भन्दा बढी माया कान्छो हजुरबुवालाई गर्थे उहाको घर नजिकै थियो सधै बिहान बेलुकै म उहाकै काखमा बस्न पाउने भएर होला  ।

यो सबै लेख्नु को कारण मेरा हजुरबुवाहरुको एकता अचम्मैको थियो । उहाहरुका दिदि बहिनी धेरै नै हुनुह्न्थ्यो तर एउटा बहिनी चाँही परिवार भरिकै उत्कृष्ट स्थान मा हुनुह्न्थ्यो । उहालै सबै लाई माया मात्र दीनुहुन्न थ्यो । एकताको सुत्र मा बाध्नु हुन्थ्यो यस्तो लाग्थ्यो उहाका पाइला सबै दाजुभाइका घर मा शुभहुन्थे । भाउजु दाजुभाई बुहारी भदाहा बुहारी सबैसबै हामी सबै को प्यारी अनी हजुरबुवा देखी पनाती पनातिना सम्मले पाएका नाता, हेटौंडाको कान्छी दिदी उहाको बणन गर्ने शब्द नै छैन । उहाको बोली अनी व्यबहार दुबैले भगवान कै एउटा अँसको आभाश हुन्थ्यौ ।

उहालाइ मन नपराउने, माया नगर्ने, नसम्झने, कोही पनि छैन हाम्रो गजुरेल परिवार कि उहा देबी हुनुहुन्थ्यो । हजुरबुवाहरुको समेत  कती प्यारी त्यो बणन गर्न सकिन्न । त्यो परिवार मा जन्मियकी म तर पछी सबै को आफ्नो आफ्नो परिस्थितीले घरहरु पनि सरे म अब माइलो हजुरबुवा को छोराहरुको नजिक पुगे हाम्रो घर माथिबाट तल खेत नजिकै सारियो । आमा यक्लै हुनुभयो खेति गर्न टाढा भएर घर खेति नजिकै बन्यो तर मलाई माया गर्नेहरु सबै माथि छुट्नु भयो । यहाँ अब म सबै भन्दा ठुलि ३ जना भाई बहिनी को जेठि दिदी यकाएक म अब ठुलि बने जिम्मेवारि एकाएक मेरो थाप्लोमा आयो म बच्चा बन्ने फुर्सद छैन अब, म ३ जना भाई बहिनी को अभिभावक  बने ।

उनिहरु को लागि सोच्नु पर्ने भयो म अब म  होइन भाई बहिनीको अभिभावक भए ।  मेरो कलिलो मस्तिकले आफूलाई एक्लो भएको पाए अब म आमालाई सघाउछु खै कसरी मेरो मन परिवर्तन भयो थाहै नपाई म घर समाल्ने एउटा पक्का जिम्मेवार छोरी बन्न थाले । त्यतिबेला मेरो उमेर १०-११ बर्षको थियो । (लेखक गजुरेल हाल फ्रान्समा बस्छिन्)